स्कोर बोर्ड: India: Raina-76,Dhoni-71/Thushara 47-5 Sri Lanka: Jayasurya-60, Man of the match: Suresh Raina
भारतको युवा टोलीले १९८५ पछि पहिलो पटक Sri Lanka को भुमीमा एकदिवसीय सिरीज जितेको छ। पहिलो खेलमा नमिठो पराजय भोगे पनि त्यस पछिका तिन वटै खेलमा उत्कृष्ट पुनरागमन जनाएर १ खेल बाँकी छदै सिरीजमा आफ्नो कब्जा जमाएको हो।
आघिल्लो दिन भारी बर्षातका कारण रद्द् हुन पुगेको खेल हिजो खेलिएको थियो। हिजोको खेलमा पनि भारतीय कप्तान धोनीले टस जितेर ब्याटीङ रोजेका थिए र उनको निर्णय सही सावित गर्दै ओपनर द्दय गौतम गम्भिर र विराट कोहलीले राम्रो सुरुवात दिलाएका थिए।
चामिन्दा भासले युवराजलाई आफ्नो ४०० औं शिकार बनाएपछि आएका रैना र धोनीले लंकाली स्पिनर विरुद्द आक्रमक ब्याटीङ गर्दै आफ्नो टीमलाई बलीयो स्थितीमा पुरयाएका थिए।
उता Sri Lanka ली ब्याटसम्यान हरु भने कोही पनि राम्रो फर्ममा देखिएनन्। सनथ जयसुर्याले शानदार आक्रामक परी खेले पनि Sri Lanka लाई जित सम्म पुरयाउन सकेनन् र Sri Lanka ४६ रनले पराजित भयो। अर्को अन्तिम एकदिवसीय खेल भोली कोलम्बोमा हुनेछ।